बाढीको स्थितिमा सुधार

​​​​माओवादी शीर्ष नेताहरू भारतमा भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा ‘रेड कार्पेट’

नयाँ दिल्ली । नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारत भ्रमणमा जाँदै हुनुहुन्छ । 

सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादी शीर्ष नेताहरू भारत भ्रमणमा जान लाग्नुभएको हो । 

भाजपा अध्यक्ष जे पी डन्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिनुभयो । 

भाजपा विदेश विभागद्वारा आयोजित 'Know BJP initiatives'  कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष डन्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै  माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताउनुभएको हो ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधिबारे जानकारी गराउने गरेको छ। 

डन्डाले भन्नुभएको छ, विभिन्न देशका राजनीतिक पार्टीहरूसँग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौँ र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गर्नुभएको छ ।

नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमन्त्रणामा गत वर्ष भारतको भ्रमण गर्नुभएको थियो । 

​​​​​​​

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ८ : १७ बजे