बाढीको स्थितिमा सुधार

बाग्मती प्रदेशसभाको बैठक बस्दै

हेटौँडा । बाग्मती प्रदेशसभा बैठक बस्दै छ ।

प्रदेशसभा भवन, हेटौँडामा बिहान ११ः०० बजे बाग्मती प्रदेशसभा बस्न लागेको हो ।

आर्थिक वर्ष २०८/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि बैठक सुचारु भएको थियो । 

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा विभेद गरेको भन्दै बजेटमाथि छलफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका माग समेत सुनवाइ गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि बुधवारबाट बैठक सुचारु भएको थियो ।  

बुधवारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।

आजको बैठकमा पनि मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुहुनेछ । 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ७ : ०९ बजे