बाढीको स्थितिमा सुधार

आजको मौसम  : यी प्रदेशमा पानी पर्ने 

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोसी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।  

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। 

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ । त्यसैले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० आषाढ २१ गते(बिहीबार) 
उँसो
: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको छ।  साथै कोसी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोसी  र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।  
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। 

२०८० आषाढ २२ गते (शुक्रवार)
दिउँसो :
देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोसी, बागमती, तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। 
राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ २३ गते (शनिवार)
दिउँसो : 
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। 
राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ६ : ३१ बजे