बाढीको स्थितिमा सुधार

प्रधानमन्त्रीको अभिव्यक्तिले सरकारको चाबी कहाँ रहेछ भन्ने प्रष्ट भयोः राजेन्द्र गौतम

काठमाडौं। नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रितम सिंहप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर लिएर कडा आपत्ति जनाउनु भएको छ।

प्रितम सिंह प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभयो भन्ने दाहालको अभिव्यक्तिप्रति नेता गौतमले आपत्ति जनाउनु भएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुहुन्छ, ‘मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमूना। यो सरकारको चाबी कहाँ रहेछ। सार्वभौम जनताको मतको खिल्ली उठाइयो। संविधान र संसदको माखोल उठाइयो। धन्य !’

गौतम लेख्नहुन् , ‘सरकार र पार्टीमध्ये, पार्टी रोज्नु पर्दछ। पार्टी र देशमध्ये, देश रोज्नु पर्दछ। पार्टी जोगिए सरकार बनाउन सकिन्छ, देश जोगिए, पार्टी बनाउन सकिन्छ।’

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : ०९ बजे