बाढीको स्थितिमा सुधार

नक्कली भुटानी शरणार्थी प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् ।

मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विचौलियाको भुमिका खेलेको आरोपमा रामशरण केसी र गोविन्द चौधरी पक्राउ गरेको हो ।

हालसम्म प्रहरीले शरणार्थी प्रकरणमा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ । 

प्रहरीले यसअघि पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ । त्यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेको थियो ।

पक्राउ पुर्जी जारी भइसकेका संघीय संसदका सांसद टोपबहादुर रायमाझी फरार छन् र उनको बारेमा थप केही सुराक प्रहरीले पाउन सकेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ५५ बजे