बाढीको स्थितिमा सुधार

अब विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाइने

काठमाडौँ – सरकारले अब विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाइने निर्णय गरेको छ ।

 मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाउने गरी निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सरकारले विदेशबाट फर्किनेले एउटामात्रै मोबाइल ल्याउन पाउने प्रावधान गरेको थियो  ।

यसअघि दुईवटा मोबाइल ल्याउन दिने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै निर्देशन दिएपनि कार्यान्वयन नहुँदा आलोचना समेत भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ४५ बजे