बारामा जसपाले दुई वटा स्थानमा बुथ कब्जा गरेको सिके राउतको आरोप

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाउनुभएको छ । 

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका अध्यक्ष राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथ कब्जा गरेको समेत आरोप लगाउनुभयो । 

''पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिइएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ'',  राउतले सञ्चारकर्मीसँग भन्नुभयो,''मैले हिजोदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाइ भएको छैन ।''  प्रहरी प्रशासनको मिलेमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै अध्यक्ष राउतले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गर्नुभएको छ । 

बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेको छ  ।   

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ३० बजे