आज वर्षाको सम्भावना

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्नुहुने

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ ।

त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा सो कोषमा प्रदान गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ४० बजे