प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

दुई नेताबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका विषयमा सहमति जुटाउन छलफल भएको बताइएको छ ।   

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : २६ बजे