अन्नपूर्ण हिमालमा बेपत्ता भारतीयकाे ४ दिनपछि उद्धार

पाेखरा। अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय आरोहीलाई जीवितै उद्धार गरिएको छ । सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय आरोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।

उनकाे उद्दारपछि पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमाेहन श्रेष्ठका अनुसार उनकाे उपचार चलिरहेकाे छ । मालुकाे अवस्था चिन्ताजनक रहेकाे उनले बताए ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरूबारे चेतना जगाउन मालु ८ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराहरू र सातवटा शिखरहरू आरोहण गर्ने अभियानका क्रममा नेपाल आएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  २ : ०८ बजे