मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौँ  । आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइने गरिन्छ । 

मातातीर्थ औँसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । 

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मन पर्ने वस्तु उपहार दिने चलन छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोही क्रममा काठमाडौँको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ।

दिवङ्गत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्ने गर्दछन्।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ११ : ५४ बजे