बाढीको स्थितिमा सुधार

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना

काठमाडौँ – लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारिक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई
मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ग्राहकहरू माझ ल्याएको छ । यो ग्राहकमुखी योजना यही चैत्र १३, २०७९ देखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरूले रु. ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु. २,००,००० सम्मको छुट , नयाँ वर्ष बोनस रु. ८०,००० सम्म र एक्सचेन्ज बोनस रु. ८०,००० सम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।

हुण्डाईले गएको महिना मात्रै VENUE र NIOS फेस लिफ्ट भर्जन लन्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरी फाइदा लिन सक्नेछन्।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठुला अटो मोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरूको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  २ : ४१ बजे