बाढीको स्थितिमा सुधार

एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । 

बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।

‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : ५१ बजे