पूर्वन्यायाधीश उपाध्यायको नक्कली प्रमाणपत्र

काठमाडौं – पूर्वन्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् ।

तनहुँ जिल्ला अदालतलमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेकोमा विशेष अदालतले उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला गरेको हो । 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ५९ बजे