जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै

काठमाडौं – जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ ।

दुई महिनापछि त्यस्ताे प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।

पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो । लगानीकर्तामध्येका एक ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए । माघ महिनाबाट हाम्रा इटाहरु बजारमा आउन थाल्ने छन्, उनले भने । 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १ : ४४ बजे