१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न राष्ट्रपति बुटवल जानुहुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल जाँदै हुनुहुन्छ ।

बुटवलमा आजदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका  लागि राष्ट्रपति बुटवल जान लाग्नुभएको हो ।

बुटवलको रामनगरस्थित प्रदर्शनी मण्डपमा आज दिउँसो १ः०० बजे राष्ट्रपति भण्डारीले राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

राष्ट्रपतिले रुपन्देही पाल्पाको सिमानामा रहेको सिद्वबाबा मन्दिरमा समेत पूजा गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : ३५ बजे