सुनको मूल्य ४०० रुपैयाँले बढ्याे

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य ताेला ४०० रुपैयाँले बढेकाे जनाएकाे छ । 

जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेकाे छ । गत शुक्रबार  सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियाे । 

यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीकाे मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १२ : ४६ बजे