बाढीको स्थितिमा सुधार

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन 

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । 

स्थानीय समय अनुसार बिहीबार उहाँको ९६ वर्षको उमेरमा निधन भएको हो । 

बेलायतमा सबैभन्दा लामो समय शासन गर्नेमा एलिजाबेथको नाम पहिलो नम्बरमा आउँछ । उहाँले बेलायतमा ७० वर्ष शासन गर्नुभएको थियो । 

एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बन्नुभएको थियो । उहाँको आफ्नो शासनकालमा व्यापक सामाजिक परिवर्तन आएको थियो ।

एलिजाबेथको निधनपछि उहाँको सबैभन्दा जेठो छोरा तथा वेल्सका पूर्व राजकुमार चाल्स बेलायतको नयाँ राजा हुनुहुनेछ। 

“महारानीको निधन आज बालमोरलमा भएको छ”, बकिंघम प्यालेसले एलिजाबेथको निधन भएपछि जारी विज्ञप्तिमा भनेको छ । 

एलिजाबेथले आफ्नो कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री देख्नुभएको थियो । सबैभन्दा पहिलो उहाँले सन् १८७४ मा जन्मेका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलसँग काम गर्नुभएको थियो । पछिल्लो पटक उहाँले चर्चिल जन्मेको १०१ वर्षपछि अर्थात् सन् १९७५ मा जन्मेकी लिज ट्रसलाई प्रधानमन्त्रीको रूपमा देख्नुभएको थियो। 

एलिजाबेथको जन्मको सन् १९२६ अप्रिल २१ का दिन लण्डनमा भएको थियो । उहाँको जन्मको नाम एलिजाबेथ एलेक्सान्ड्रा मैरी विन्डसर थियो । एजेन्सी 

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ४९ बजे