बाढीको स्थितिमा सुधार

विद्युतिय दुर्घटनामा परी भारतमा दशको मृत्यु

नयाँ दिल्ली । विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । 

देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।
  

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ०५ बजे