बाढीको स्थितिमा सुधार

आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिटमा सुनुवाइ आज

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक ९आईजीपी० नियुक्तविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गर्नु भएको  रिटको सुनुवाइ हुँदै छ ।  नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध पाखरेलले वारेसमार्फत लानुभएको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियो ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुग्नुभएको हो ।

डेढ वर्षअघि बढुवा भएका एआईजी पोखरेल र अर्का एआईजी सहकुलबहादुर थापालाई पन्छ्याउँदै सिंहलाई मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गरेको थियो । वरीयताका क्रममा तेस्रो नम्बरमा रहेका सिंहलाई प्रधानमन्त्रीको दबाबमा आईजीपीमा नियुक्त गरिएपछि विधि मिचेको भन्दै विवाद उत्पन्र भएको हो । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा हुनुभएको थियो  मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।

अर्का एआईजी थापा भने सरकारको निर्णयमा असन्तुष्टि जनाए पनि अदालत नगई आजबाट नियमित काममा फर्किने बताइएको छ  । रिट दर्ता गराउनु भएका एआईजी पोखरेलले भने ३० दिन लामो बिदा लिनुभएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : १७ बजे