शेरबहादुर जीले कांग्रेसको टुप्पोमा बसेर हेर्दा पनि एमाले नै बलियो : अध्यक्ष ओली 

पाँच वटा त के पन्ध्रवटा आए  हुन्छ, भएभरका सबै आए पनि सक्दैनन्

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले  फरक धारको नेतृत्व गरिरहेको बताउनुभएको छ । उहाँले एमाले सबैभन्दा बलियो शक्ति भएको भन्दै पाँच वटा त के पन्ध्रवटा मिलेर आए पनि चुनावमा पछि पार्न नसक्ने बताउनुभयो ।

आज काठमाडौंमा  नेकपा एमाले, उपत्यका विशेष कमिटी अन्तर्गतको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले  त्यो धार भनेको देशभक्ति, राष्ट्रवाद र विकासको नेतृत्वकर्ताको  धार भएको बताउनुभयो । 

‘ अरूले एमसीसी पास गरे जस्तो बाहिर कार्यकर्ता उचाल्ने र ढुङ्गा हान्न लगाउने र भित्र ताली बजाएर पास गर्ने काम एमालेले गर्दैन ।’ ओलीले एमसीसीका विषयमा केही दल एक थरीलाई पास गर्ने हुँदैन भनेर सडकमा उचाल्ने र आफु चाँही सुटुक्क विदेशीलाई पत्र लेख्ने गरेको स्मरण गराउनुहुँदै जनतालाई गुमराहमा राख्ने र छलछाम गर्नमै व्यस्त भइरहेको बताउनुभयो । आफै विदेशीलाई  पत्र लेख्ने अनि आफै यो पत्र कसरी बाहिर आयो भनेर प्रश्न गर्ने, यो त खसखुस पास गर्न खोज्या थियो केपी ओलीले संसद्मा ल्याइदियो भन्ने, नेपाली जनतालाई छल्ने यस्तो  किन गर्नु पर्‍यो, यस्तो दोहोरो निर्णय किन गर्नु पर्‍यो । यदि गलत थियो भने किन सम्झौता गर्नुभयो, सही थियो भने संसद्मा लगियो भनेर किन टाउको दुखाउनुभयो ?  हाम्रो पार्टी यस्तो नक्कली राष्ट्रवाद र दोहोरो चरित्र देखाउन र जनतालाई गुमराहमा राख्ने पार्टी हैन हाम्रो पार्टी  जनतालाई गुमराहमा राख्ने र ठग्ने काम गर्दैन ।  एमाले विशेषधारका रूपमा अगाडी बढेको छ ।  बढ्छ अरूजस्तो घुर्की र  धम्कीको राजनीति हामी गर्दैनौ । विकासको नायक एमाले हो । एमालेले विकासको नायकत्व लिन्छ । विचार र क्षमता  शून्यता भएकाहरू एमालेसँग आत्तिएका छन् । छन् तिनहरूसँग हिजो यो गरे आज यो गर्दै छु र भोलि यो गर्दै छु भन्ने ठाउँ नै छैन । रेलमार्ग किन बनायो ?, रेखाङ्कन किन गर्‍यो ?, समुन्द्रमा र आकाशमा पनि हक हुन्छ भनेर चिनायो भनेर भन्ने होला  ? एमालेसँग एक्लै भिड्ने आँट अरूले गर्न सकेका छैनन्, गर्न सक्दैनन् । नेपाली काग्रेंसको टुप्पोमा बसेर हेर्दा पनि एमाले कति बलियो छ भनेर शेरबहादुर जीले देख्नुभयो । म टुप्पामा बसेर हेरिराछु मैले देख्या छु, निचताए हुन्छ , एक्लै सिकन्न भनिसक्नुभयाेऽ, पाँच वटा त के पन्ध्रवटा सबै आएपनि सक्दैनन् हामी एक्लै लड्छौ । 

पाँच दलीय सत्ता गठबन्धनमात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल एकजुट भएर आए पनि एमाले एक्लै भिड्न र जित्न सक्षम छ अध्यक्ष ओलीको भनाई थियो । 
​​​​​​​

 

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  २ : ०६ बजे