दुई वडाध्यक्ष सहित नेकपा एसका तीन कमिटि एमालेमा समाहित

दमौली । तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुई जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।

शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ,वडा नम्बर ७ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् ।

श्रेष्ठ र थापाले एमाले विभाजन पछि नेकपा एसमा सनाखत गरे पनि शुक्रवार आयोजित कार्यक्रममा उहाँहरु एमालेमै फर्किनुभएको हो । त्यस्तै सोही कार्यक्रममा नेकपा एसका तनहुँ जिल्ला कार्यालय सदस्य तथा शुक्ला गण्डकी नगर कमिटीका सचिव कमल ढकालसहित ६ जना जिल्ला कमिटी सदस्य पनि एमालेमा फर्किनुभएको छ । 

यसैगरी सो कार्यक्रममा नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको  छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ३५ बजे