राष्ट्रपतिद्वारा राजदूत डा शर्मालाई शपथ

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित हुनुहुन्थ्यो । 

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ३ : ४१ बजे