केन्द्रीय कमिटी बैठक : आज स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने 

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।

घोषणा पत्रमा पार्टीले समावेश गर्ने एजेन्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले जनाकारी दिनुभयो । आजको बैठकमा निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।

यस्तै, आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ ।

बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको  थियो  । प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ भने बुधवार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।  जसमा सदस्यहरू युवराज ज्ञवाली, संयोजक (स्थानीय तह), प्रदीप ज्ञवाली, प्रमुख (पार्टी स्कुल विभाग), विष्णु रिमाल, प्रमुख (निर्वाचन विभाग), देवेन्द्र दाहाल, प्रमुख ( स्थानीय विकास विभाग),  प्रभु साह, सह इन्चार्ज (मधेस प्रदेश), मनोजजंग थापा, इन्चार्ज ( बुद्धिजीवी परिषद्), डा.युवराज खतिवडा, सदस्य(नीति अनुसन्धान प्रतिष्ठान),प्रभा बराल, उपप्रमुख (स्थानीय विकास विभाग), डा.दिनेशचन्द्र देवकोटा, अध्यक्ष(नेपाल बुद्धिजीवी परिषद्), ई.सुशील ज्ञवाली, (विज्ञ) रहनुभएको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : ०३ बजे