म्यान्डेट खण्डित भएपछि फेरी जनताकोमा जाउँ भन्नु सही निर्णय हो : शङ्कर पोखरेल  

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले समाजलाई लाभ दिन नसके जति दल मिले पनि त्यसको कुनै अर्थ नहुने बताउनुभएको छ ।  

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले समाजलाई लाभ दिन नसके पाँच दल, छदल मिलेर गठबन्धन गरे पनि त्यसको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले एमालेले जनताको म्यान्डेट खण्डित भएपछि चुनावमा जान्छु भन्नु कुनै गल्ती नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले एउटै कुरा गरेर जनादेश  त प्राप्त गर्‍यौ तर त्यसलाई रक्षा गर्न सकेनौ, जनताबाट प्राप्त म्यान्डेट खण्डित भएपछि एमालेले फेरी जनतामा जाने कुरा गर्नु कुनै प्रतिगमन हैन बरु त्यो त जनतालाई सम्प्रभुता बनाउने कुरा हो ।’ 

पोखले राष्ट्रियता र पूर्वाधारको विकासमा सबै दल एक हुनुपर्ने बताउनुभयो  । उहाँले क्रानितर परिर्वतन भए पनि देशले सवृद्घि नपाएको बताउनुभयो । परिर्वतन गर्न सक्नेले संवृद्घि ल्याउन सक्नपर्नेभ न्दै उहाँले यो देश निर्माणमा सबै जुट्न आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकमा भएका परिवर्तन कुनै दल विशेषको कारण मात्र नभई सामूहिकताको परिणाम भएको बताउनुभयो । 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ६ : ०८ बजे