माओवादी लक्ष्यबाट विमुख भयो : माले महासचिव मैनाली

काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालील माओावादी जनयुद्घको लक्ष्यबाट विमुख भइसकेको बताउनुभएको छ । उहाँले ‘जनयुद्धको लक्ष्य कसले अपहरण र्गयो’ भन्ने विषयमा माओवादी नेतृत्वले जवाफ दिनुपर्नेसमेत बताउनुभयो । माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओावादी जनयुद्धको लक्ष्य भन्दा अर्कैतर्फ फर्किएको बताउनुभयो । 

माओवादीले लिएको लक्ष्य नै गलत थियो कि भनी प्रश्न गर्दै माओवादीले यस्ता धेरै प्रश्नको जवाफ जनतालाई दिनुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : ०९ बजे