अध्यक्ष ओली झापामा

झापा – नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

पार्टीको जिल्ला कमिटीले आयोजना गरेको  विभिन्न कार्यक्रममा भाग लिन अध्यक्ष  ओली गृहजिल्ला झापा आइपुग्नु भएको हो ।

उहाँले अनेरास्ववियुको सचिवालय बैठकलाई सम्बोधन गर्नुका साथै विकास निर्माणसँग सम्बन्धित विषयहरुको बारेमा समेत जानकारी लिनु हुनेछ । उहाँ  गृहजिल्ला झापामा तीन दिनसम्म व्यस्त रहनुहुनेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ३ : ३८ बजे