गठबन्धनको जम्बो सरकार, बागमतीमा थपिए ६ मन्त्री, मन्त्रीको संख्या १८ पुग्यो

काठमाडौं । मन्त्री परिषद् विस्तारमा गठबन्धन सरकारले इीतहास रच्दै छ । सातवटा मन्त्रालय रहेको बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डे आएसँगै दिनप्रतिदिन मन्त्री थप्ने क्रम चलिरहेको छ । पाण्डेले शुक्रवार पनि मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले नेपाली काङ्ग्रेसबाट तीन मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय बन्न पुगेको छ । 
थपिएका मन्त्रीमा दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री नियुक्त भएका छन् । बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । सन्तबहादुर प्रजा भौतिक पूर्वाधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ५ : ४५ बजे