प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्दै एमाले

धनुषा । ​​​​​​​नेकपा (एमाले)ले प्रदेश नम्बर २ को नाम ‘जनक’ प्रस्ताव गर्ने भएको छ ।

प्रदेश सभा बैठकमा नेकपा एमालेका तर्फबाट सांसद शारदा थापाले प्रदेशको नाम प्रस्तावका लागि तयारी गर्नुभएको थियो । तर सभामा सांसद थापा अनुपस्थित भएपछि प्रदेश सभाका कार्यसूचीबाट नेकपा (एमाले)को प्रदेशको नाम प्रस्ताव हटाइएको थियो ।

बिहीबारको प्रदेश सभा बैठकमा आफू अनुपस्थित भए पनि आज (शुक्रबार) संसद् सचिवालयमा प्रदेशको नाम जनक दर्ता गराउने सांसद थापाले जानकारी दिनुभयो ।

पर्सामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम भएका कारण उहाँ बैठकमा सहभागी हुन सक्नुभएको थिएन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ०६ बजे