माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । 

पुस ११ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्ताबेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिस डाँडामा सुरु भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । 

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ०० बजे