बाढीको स्थितिमा सुधार

नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

जनकपुर । नेपाली काँग्रेस प्रदेश नं. २ को सभापतिमा कृष्ण यादव विजयी हुनुभएको छ । 

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लड्नुभएका यादवले नेता रामसरोज यादवलाई पराजित गर्नुभएको हो । 

कूल १ हजार ८ सय ८१ मत खसेकामा कृष्ण यादवले ९ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी रामसरोज यादवले ८ सय ५५ मत ल्याउनुभएको थियो । 

रामसरोज यादव विमलेन्द्र निधि पक्षका हुनुहुन्छ  । उहाँलाई शेखर कोइराला पक्षले पनि साथ दिएको थियो ।

निर्वाचनमा २८ मत बदर भएको छ नेपाली काँग्रेस प्रदेश नं. २ को निर्वाचन समितिले जानकारी दिएको छ ।  बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जनाएको  छ ।

काँग्रेसको १४औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा विवादका कारण रोकिएको प्रदेश २ को अधिवेशन मतदान बिहीबार भएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ५२ बजे