कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं । काठमाडाैं उपत्यकाकाे न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

आइतबारकाे भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएकाे हाे । आइतबार काठमाडाैंकाे न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएकाे थियाे ।

हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रहनेछ । 

मंगलबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना  छ । राति प्रदेश १ तथा बागमतीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार दिउँसो पहाडी भेगमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

राती पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : १४ बजे