बाढीको स्थितिमा सुधार

बेन्च बहिस्कारविरुद्ध प्रदर्शन : ‘दबाबको शासन अन्त्य गर’ नारा लाग्यो

​​​​​​​काठमाडौं । बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधका काठमाडौंमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका छन् । 

कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार र सर्वोच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा उत्रिएको छ । ​​​​​​​

बेन्च बहिस्कार गरेर न्यायाधीशसहित बार आन्दोलनमा उत्रिएपछि कानुन व्यवसायीसहितले शुक्रबार ‘बेन्च बहिस्कार अन्त्य गर’ ह्यासट्यागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा स्वागत नेपाल, भूमिनन्द चुडालसहितका कानुन व्यवसायी सहभागी थिए । 

बिहीबार र शुक्रबार बारको धर्नामा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो । शुक्रबार बारले जबरालाई कार्यालय प्रवेश गर्न नदिने गरी धर्नामा बसेको थियो । तर, अर्कै गेट प्रयोग गरेर जबरा कार्यालयमा गएका थिए ।  

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : ४४ बजे