बाढीको स्थितिमा सुधार

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुखले लिए शपथ 

काठमाडौं – नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ  ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख  देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो । 

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ५ : १५ बजे