बाढीको स्थितिमा सुधार

मूल्यवृद्धि विरुद्धको आन्दोलनमा उत्रन अनेरास्ववियुको आह्वान

​​​​​​​काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु उत्रिएको छ ।

अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गरिने चेतावनी दिनुभएको हो । अनेरास्ववियुले आज जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ ।’

विज्ञप्तीमार्फत अनेरास्ववीयुले देशैभरिका आफ्ना नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : २९ बजे