बाढीको स्थितिमा सुधार

राष्ट्रपतिद्वारा टीका ग्रहण

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको टीका शुभ साइतमा लगाउनुभएको छ ।

 राष्ट्रपति निवासमा भएको टीका ग्रहण कार्यक्रममा उहाँले आफ्नो आमा मिथिला पाण्डेको हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि राष्ट्रपति भण्डारीले टीका ग्रहण गर्नुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको शुभसाइत शुक्रबार बिहान १०ः०२ बजे रहेको जनाएको छ।

विभिन्न शक्तिपीठका गुरुहरुले राष्ट्रपति भण्डारीलाई प्रसाद प्रदान गर्नुभएको थियो । उक्त समयमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यहरुलाई समेत टीका लगाइदिनु भएको थियो ।

कोरोना महामारीको जोमिखलाई मध्यनजर गर्दै यस वर्ष पनि राष्ट्रपतिबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।
 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १२ : १३ बजे