बाढीको स्थितिमा सुधार

थप ४५५ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ६ हजार २१४ जनामा परिक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ६०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ रहेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार २६९  पुगेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ६ : २५ बजे