बाढीको स्थितिमा सुधार

तलेजुमा बलिरहित पूजा

भक्तपुर – भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँँमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिनुभयो । गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गतवर्ष र यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उहाँले जानकारी दिनुभयो । 

तलेजुलाई मूल चोकको दसैँ घरमा विराजमान गराउने वर्षौदेखिको परम्परासमेत यसवर्ष रोकिएको छ । कोरोनाकै कारण गतवर्ष र यसवर्ष तलेजुलाई मूल घरबाट दसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी यसवर्ष कुमारीलाई काठमाडाँैंस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भएपनि यसवर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन । यसवर्ष कुमारी जीवीका बज्राचार्यलाई क्वाठण्डौमा राखेर पूजा गरिएको छ ।

रासस

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ५१ बजे