बाढीको स्थितिमा सुधार

चौतर्फी आलोचनापछि सरकारले हटायो संसद् भवन, सिंहदरबार र बालुवाटार क्षेत्रको सडकपेटीमा लगाएको डोरी

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले संसद् भवन, सिंहदरबार, बालुवाटारलगायत क्षेत्रका सडकपेटीमा लगाएको डोरी हटाएको छ ।

नागरिकलाई सडकपेटीमा हिँड्नसमेत प्रतिबन्ध लगाइएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले डोरी हटाइएको हो ।

लघुवित्तपीडितहरु सोमबार बलजफ्ती संसद् भवन प्रवेश गरी नाराबाजी गरेपछि प्रहरीले संसद् भवन नयाँ बानेश्वरसहित सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय अगाडिको सडकपेटीलाई निषेधित क्षेत्रभन्दै डोरी लगाएको थियो ।

सडकपेटीमा डोरी लगाइएपछि सर्वसाधारण पैदलयात्री सडकबाटै हिँड्न बाध्य भएका थिए । पैदल हिँड्न गाह्रो भएको गुनासो बढेपछि डोरी हटाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : ४४ बजे