बाढीको स्थितिमा सुधार

दूधको पैसा भुक्तानी माग्दै किसानहरु सडकमा, कृषिमन्त्रीको राजीनामा माग

नवलपरासी ।  किसानहरूले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषिमन्त्रीको राजीनामा मागसहित चक्काजाम गरेका छन् । दूग्ध किसानहरूको समस्याप्रति सरकार गम्भीर नभएको भन्दै दुग्ध उत्पादक सहकारी संघको आव्हानमा उनीहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा मागे ।

बर्दघाटको टिसिएन चोकमा जम्मा भएका किसानहरु नाराबाजी सहित आन्दोलनमा उत्रिएका हुन।उनिहरुले केही बेर पुर्वपश्चिम् राजमार्ग समेत अवरुद्ध गरेका थिए ।

राजमार्ग अवरुद्ध गर्न खोजेपछि प्रहरी र आन्दोलनरत किसान बिच केही बेर तनाब उत्पन्न भएको थियो ।दुधको मूल्य पाउनु पर्ने,बजारीकरणको समस्या समाधान हुनु पर्ने लगायतका विभिन्न माग राख्दै उनिहरुले आपूर्ति मन्त्री र कृषि मन्त्रीमाथी आक्रोश समेत व्यक्त गरेका छन ।किसानहरुको आन्दोलनमा विभिन्न ब्य्वसायी एवम् बर्दघाट उद्योग बाणिज्य संघले समेत एक्यवद्धता जनाएको थियो ।

बर्दघाटको टिसिएन चोकबाट सुरु भएको प्रदर्शन बर्दघाट नगरपालिकाको प्राङ्गणमा पुगि केही बेरको नाराबाजी पछि आजका लागि समापन भएको बताईएको छ ।आफुहरुको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने किसानहरुले बताएका छन ।

​​​​​​​

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : ४२ बजे