बाढीको स्थितिमा सुधार

पाँचखालमा अमेरिकासहित १८ देशका १,१६२ सेना जम्मा भएर के गर्दैछन् ?

काठमाडौँ । शान्ति सेनामा सहभागी हुने फौजको पेसागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलान्चोकको पाँचखालमा विभिन्न अमेरिका, अष्ट्रेलियासहित १८ देशहरूका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ । फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ ।

तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरूका सैनिक सहभागी रहेका

तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सेनाहरूलाई मध्यनजर गरी तालिम गरिएको हो । उनले । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरू विदेशका र दुई वटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताए ।
नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको बताए ।

एसियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उनले बताए । जसमध्ये नेपाल, बङ्गलादेश, इण्डोनेसिया, मलेसिया र मङ्गोलिया रहेका छन् । शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताए । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको पनि बताए ।

उनले भने ‘वीरेन्द्र शान्ति तालिम केन्द्र हाम्रो विदेशमा शान्ति कार्यका लागि जानु भन्दाअघि यहाँ हामीले १४ हप्ताको तालिम गरेर पठाउँछौँ । एक्सरसाइज पनि त्यही शान्ति कार्यसँग सम्बन्धित छ । विदेशमा हाम्रो गणहरू जाने साथसाथै स्टाफ अफिसर, मिलिट्री अब्जबर, त्यो स्टाटसमा पनि जानुहुन्छ । हाम्रो यो एक्सरसाइजको उद्देश्य हामी मात्रै नभएर अरु विभिन्न देशहरूको शान्ति सैनिकहरू हुनुहुन्छ । जो विभिन्न शान्ति मिसनमा गइरहनुभएको छ, त्यो सबैलाई समेटेर गरिएको छ । यसमा अहिले नेपालसहित १८ वटा देशहरू छन् । १८ देशलाई समावेश गरेर यो तालिम सञ्चालन भइरहेको छ ।’

उनले भने, ‘सिरिया, पाकिस्तान, बङ्गलादेश र नेपाल चार देश छौँ । आशियानतर्फ इण्डोनेसिया, मङ्गोलिया, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स छन् । अरु एसियनमा मङ्गोलिया र दक्षिण कोरिया रहेको छ । उत्तर अमेरिकाबाट अमेरिका र क्यानडा छ । अस्ट्रेलिया र फिजी पनि रहेका छन् । यो तालिम ८ गतेदेखि सुरु भएको हो । २१ गते सम्पन्न हुन्छ । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरू विदेशबाट आएको छ । हाम्रो देशको दुई वटासहित १२ वटा छ ।’

अभ्यास तालिमका क्रममा प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताए । उनले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरू कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने कार्यहरू लगायतका कुराहरू तालिममा सिकाइएको बताए । तालिममा संयुक्त राष्ट्र महासंघका परिवर्तित व्यवस्थाबारेमा पनि शान्ति सेनालाई जानकारी गराइएको बताए । शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि बताए ।

उनले भने, ‘शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले गर्नुपर्ने दैनिक हुने मुख्य अप्रेसनहरू सिकाइएको हो । कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरू कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने कार्यहरू त्यो कार्यहरूलाई समावेश गरी यो फिल्ड ट्रेनिङ गरिएको हो । नेपालसहित ११ वटा देशका १२ वटा समूहलाई तालिम गराइरहेका छौँ । युएनसँग सम्बन्धित बद्लिँदो के कुरा भइरहेको छ, त्यसबारेमा शान्ति सेनालाई जानकारी गराउने, त्यो बारेमा अभ्यास गराउने हो । शान्ति सेनाको दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसलाई समाधानका लागि यो तालिम गरिएको छ ।’

अभ्यासमा १,१६२ जना सैनिक सहभागी रहेको बताइएको छ । २८ जना सैन्य अधिकृतहरूले विभिन्न विषयमा तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ । राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शङ्कास्पद विस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा तालिम केन्द्रमा तालिम गराइएको छ ।

छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ७ : ३१ बजे