रविलाई बैंकले उपलब्ध गराएको पत्रमा मिति नै गलत !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मलेनमा पेश गर्नुभएको बैंकको पत्रको ब्यहोरा गलत भएको पाइएको छ ।

रविको खातमा सहकारीको १ करोड ८० लाख जम्मा भएको भन्ने समाचार प्रकाशन भएपछि लामिछानेले आज पत्रकार सम्मेलन गर्दै प्रष्ट पार्नुभएको थियो ।

जसमा उहाँले ग्लोबल आई एमई बैंकले उपलब्ध गराएको पत्र नै पढेर सबैलाई जानकारी गराउनु भएको थियो । तर उक्त पत्रमा बैंकले मिति गलत लेखेको पाइएको हो ।

सोमबार बैंकले रविलाई दिएको पत्रमा रवि लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको छ । जबकी आज २०२४/१/२२ तारिख हो ।

पत्रकारसम्मेलनकैबीचमा रविले बैंकले गलत मिति लेखेको स्वीकार्नु भएको थियो । यस्तै उहाँले पत्रकार सम्मेलनमै बैंकका म्यानेजरलाई फोन गर्नु भएको थियो ।

जसमा बैंकका म्यानेजरले पनि मिति गल्ती भएको स्वीकार्दै अर्को पत्र उपलब्ध गराउने बताउनुभयो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : २० बजे