सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं। सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर हुनु भएको छ ।

विशेष अदालतले उहाँलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उहाँको सम्पत्तिको स्रोत खुल्न नसेको ठहर गरेको हो ।

उहाँलाई तीनवर्ष भन्दा बढी जेल सजाय हुन सक्नेछ । उहाँको सजाय निर्धारणका लागि अर्को पेशी राख्न आदेश पनि दिइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज, उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठविरुद्ध १६ भदौ २०७९ मा मुद्दा दायर गरेको थियो ।

सिभिल सहकारीको ठगी मुद्दामा पूर्व सांसदसमेत रहनु भएका इच्छाराज पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ७ : २५ बजे