सशस्त्रका ४ एसएसपी डिआइजीमा बढुवा सिफारिस

​​​​​​​काठमाडौँ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ  ।

बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना वरिष्ठ उपरीक्षकलाई डिआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो ।  सशस्त्रमा ४ जना डिआइजीको पद रिक्त छ । 

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलका अनुसार रिक्त सो पदमा  सुरेशकुमा श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ ।  

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : १२ बजे