अर्थमन्त्रीमा पौडेलको आगमनसँगै सेयर बजारमा उछाल

काठमाडौं । साताको तेस्रो काराेबारकाे दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै सेयर बजारमा उछाल आएको हाे । लगानीकर्तामा अर्थमन्त्री पौडेलकाे आगमनसँगै सेयर बजार आकर्षक सुधार आइरहेको छ । विगतमा पौडेलले अर्थमन्त्री पद सम्हाल्दा सेयर बजारको प्रदर्शन राम्रो रहेको कारण लगानीकर्ता उत्साहित बनेको विश्लेषण गरिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.८७ अकंले बढेर १९८३.९५ बिन्दुमा बन्द भएको छ । मंगलबार कारोबार रकम पनि बढेको छ । २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै लगानी समूह बढेकाे छ ।

यस दिन लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २० करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको हाे । आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सिद्धार्थ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स, सिर्जनशील लघुवित्त लगायत ६ कम्पनीको शेयरमा सर्किट लागेको हो । यस दिन आँधीखोला लघुवित्त, मिर्मिरे लघुवित्त र नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ५० बजे