रिडी पावरले घाेषणा गर्याे बम्पर लाभांश

काठमाडाैं । रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि बम्पर लाभांश घाेषणा गरेकाे छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत  आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ३६ बजे