प्रेम आलेले निलम्बन गरेका अधिकारीलाई सर्वोच्चले काममा फर्कायो

काठमाडौं – सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ ।

नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।

सरकारले ११ कात्तिक २०७९ मा अधिकारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । उनलाई निलम्बन गरेको पत्रमा ऐनको दफा २० लाई उदृत गर्दै निलम्बन गरिएको थियो । तर उक्त दफामा सञ्चालकलाई मात्रै निलम्बन गर्ने व्यवस्था रहेको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षलाई निलम्बन गर्न नमिल्ने जनाएको हो ।

उनीमाथि छानबिन गर्नुपर्ने भए निलम्बन नगरी पनि छानबिन गर्न सकिने भन्दै सर्वोच्चले निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ५० बजे