आइतबार सार्वजनिक विदा 

काठमाडौँ । सरकारले बकर ईदको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद यही असार २६ गते आइतबार पर्दछ । 

यसअघि फागुन २६ गते नै सरकारले सूचना प्रकाशित गर्दै बकर इदमा सार्वजनिक बिदा दिने जनाएको थियो ।

गृह मन्त्रालयले  मुस्लिम आयोगको अनुरोधमा विदा दिइएको जनाएको छ । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ०८ बजे