लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज

लमजुङ । जिल्लामा मापदण्ड नपुगेका ३७  घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ गतेसम्म सो सङ्ख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख मीता थापाले बताउनुभयो । उहाँका अनुसार यस अवधिमा ६७९नयाँ उद्योग दर्ता भएको छ । 

त्यस्तै, उक्त अवधिमा २८२  घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता भएको छ । ३६९ उद्योग नवीकरण भएको थियो । त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । 

उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । 

त्यस्तै वाणिज्यतर्फ आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ सम्म ७२ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधिमा ४०८ नयाँ वाणिज्य दर्ता भएका छन् भने २८८ वटा वाणिज्यको नवीकरण भएका छन् ।  त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ६१ वटा वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै, ६४० वटा  नयाँ वाणिज्य दर्ता भएको र ५५८ वटा वाणिज्यको नवीकरण भएको छ । आर्थिक वर्ष २०७६/७७ मा २५ वटा खारेज भएको थियो । सो अवधिमा ७६२ वटा वाणिज्य दर्ता तथा ३२० को नवीकरण भएको थियो । 

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ७६२ वटा नयाँ दर्ता र ३२० वटा  नवीकरण भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै, ४१४ दर्ता एवं ४५८ को नवीकरण भएको थियो भने । २१० नयाँ दर्ता तथा २६४ नवीकरण भएको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ३१ बजे