लालध्वज हत्या प्रकरण : चार जनालाई जन्मकैद फैसला

बारा । बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ ।

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, वन्दना लामा,  ‘सञ्जय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई  जन्मकैदको सजाय सुनाएको हो ।  

न्यायाधीश सुमनकुमार न्यौपानेको मङ्गलवारको इजलासले यस्तो फैसला सुनाएको हो ।

२०७७ असार २१ गते अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सिसौ घारी जङ्गलमा मृत फेला परेका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ३१ बजे